देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ : अधिवक्ता खरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ : अधिवक्ता खरेल


१३ असार २०७८, आइतबार


High Court_Sarbocha adalat

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक पक्षको बहस सकिँदै छ ।

आजको बहसमा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका छन् ।

खरेलले इजलासमा बहस गर्दै देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने जिकिर गरेका हुन् ।

‘‍अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ’ उनले भने । उनले धारा ७६ (५) अनुसारको सरकार गठनमा राष्ट्रपतिले आफ्नो संवैधानिक दायित्व पूरा गरेको नदेखिएको भन्दै राष्ट्रपतिले पनि आफूलाई सुधार गर्नुपर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस