सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना हुने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना हुने


प्रशासन संवाददाता

१३ असार २०७८, आइतबार


काठमाडौँ । सरकारले सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अक्सिजन कन्सन्ट्रेटर बैङ्क स्थापना तथा सञ्चालन कार्यविधि २०७८ अनुसार केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन सञ्चय गरिने छ ।

अक्सिजनको व्यवस्थापन तथा वितरण सहज गर्न सङ्घमा स्वास्थ्य सेवा विभाग, प्रदेशमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र जिल्लामा स्वास्थ्य कार्यालयको स्टोरमा अक्सिजन बैङ्क स्थापना गरिने कार्यविधिमा उल्लेख छ।

यसरी स्थापना गरिने अक्सिजन बैङ्कमा एक जना स्टोर किपर वा सम्पर्क व्यक्ति राखिनेछ । उक्त व्यक्तिलाई जसलाई अक्सिजन सङ्कलन, भण्डारण, वितरण, तथा तिनको अभिलेखको जिम्मेवारी दिइनेछ ।

जिल्लास्थित हरेक अक्सिजन कन्सन्ट्रेटर बैङ्कमा सो जिल्लामा रहेका अस्पताल शय्याको २० प्रतिशत कन्सन्ट्रेटरहरु बफर स्टकको रूपमा राख्नुपर्नेछ ।

कार्यविधिमा सङ्घ र प्रदेशको समन्वयमा एक अक्सिजन कन्सन्ट्रेटर अर्को जिल्लाको बैङ्कमा लैजान सक्ने व्यवस्था पनि गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस