यस्तो छ आज देशका प्रमुख नदीहरुको बहावको अवस्था « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्तो छ आज देशका प्रमुख नदीहरुको बहावको अवस्था


१३ असार २०७८, आइतबार


काठमाडौँ । आज देशका प्रमुख नदीहरुमा पानीको बहाव समान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा पानीको बहाव समान्य घटबढ हुने तथा कोशी र यसका स–साना सहायक नदीमा बहाब बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

वाग्मती, पश्चिम राप्ती, बबईमा बहाव सामान्य घटबढ हुने तर सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान छ। कन्काई, कमला जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी वर्षा भई बहाव बढ्ने र केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, पाल्पा, दाङ, बाँके, रुकुम, रोल्पा, सल्यान, मुगु, दार्चुला, बझाङ, बैतडी र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ भने केहीमा आकस्मिक बहाव हुन सके पूर्वानुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस