युरोकप : इटाली क्वाटरफाइनलमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

युरोकप : इटाली क्वाटरफाइनलमा


१३ असार २०७८, आइतबार


काठमाडौँ । १६ औँ संस्करणको युरोकप फुटबलको शनिवार भएको खेलमा इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ । अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक–एक गोल गरेका थिए । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काएका थिए । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले गोल गर्दै जित हासिल गरेको हो ।

खेलको ९५ औँ मिनेटमा चिसाले गोल गरे भने १०५ औँ मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए ।

यस्तै ११४ औँ मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएका थिए । तर जित्न भने सकेनन् ।

जितसागै अब इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस