गम्भीर औषधिको दुरुपयोग नियन्त्रण गर्न सरकारसँग चिकित्सक संघको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गम्भीर औषधिको दुरुपयोग नियन्त्रण गर्न सरकारसँग चिकित्सक संघको माग


१२ असार २०७८, शनिबार


काठमाडौँ । नेपाल चिकित्सक संघले पछिल्लो समय एन्टिवायोटिक्स लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै सरकारलाई बेलैमा नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ ।

संघले शनिबार विज्ञप्ति जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ ।

चिकित्सक संघले आधुनिक चिकित्साको हवाला दिँदै भित्रिएका वैज्ञानिक रुपमा प्रमाणीकरण नभएका उपचार पद्धतिको अस्वाभाविक प्रचार प्रसार रोक्न पनि माग गरेको छ । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले चिकित्सक भनी भ्रामक प्रचार प्रसार गरेको र उपचार प्रक्रियामा पनि समावेश भएको भन्दै उनीहरुमाथि छानबिन गर्न र रोक लगाउन पनि संघले माग गरेको छ ।

यस्ता समस्याको बेलैमा समाधान नहुने हो भने समस्या बढ्दै जाने र यसले समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै गम्भीर असर पार्ने संघका महासचिव डा. बद्री रिजाल बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस