मकवानपुरबाट ७९ किलो गाँजासहित २ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मकवानपुरबाट ७९ किलो गाँजासहित २ जना पक्राउ


१२ असार २०७८, शनिबार


हेटौंडा । मकवानपुर प्रहरिले ७९ किलो गाँजासहित दुई जनालाइ पक्राउ गरेको छ। प्रहरीले ७९ किलो लागुऔषध गाँजासहित दुई जना पैदल यात्रीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका-५ स्थित परेवाभिर सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको हो।

मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासको अनुसार पक्राउ पर्नेमा राक्सिराङ-९ का २० वर्षको प्रताप स्याङ्तान र कैलाश गाउपालिका-२ को ४३ वर्षका लालबहादुर स्याङतान छन्।

Tags :
प्रतिक्रिया दिनुहोस