मेलम्चीमा बिहानै ढल्यो तीन तलाको घर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मेलम्चीमा बिहानै ढल्यो तीन तलाको घर


प्रशासन संवाददाता

१२ असार २०७८, शनिबार


मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावतीमा असार १ गतेको अविरल वर्षा र बाढीले तहस नहस गर्‍यो । मेलम्ची बजार बगायो । कय्यौँ परिवार विस्थापित भए । असार १ गते देखि बाढीले कटान गर्दै आएको थियो । अझै पनि बाढी आउन कटान कार्य भइरहेको स्थानीय र प्रहरीको भनाइ छ ।

बाढीको कटानका कारण आज विहानै तीन तलाको घर पनि बगाएको छ । मेलम्ची नगरपालिका –११ मा रहेको गोपाल दुलालको साढे तीन तलाको घर ढलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

बाढीका कारण कटानले ढलेको घर आज आएको बाढीले बगाएको प्रहरीको भनाइ छ । घर बगाए पनि मानवीय क्षति भने नभएको जानकारी आएको छ ।

मेलम्ची र इन्द्रावतीमा आएको बाढीका कारण ५ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस