खनाल-नेपाल पक्षका तीन सांसद निलम्बित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खनाल-नेपाल पक्षका तीन सांसद निलम्बित


११ असार २०७८, शुक्रबार


काठमाडौँ । कर्णाली प्रदेशसभाका तीन सांसद निलम्बनका परेका छन् ।

पार्टीको ह्वीप उलङ्घन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (नेपाल-खनाल समूह)का चार जना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो ।

उनीहरूले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योग मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कूर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको भनी प्रदेशसभामा जानकारी आएकाले सोही अनुसार ब्यहोरा जानकारी गराइन्छ ।’ प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले उनीहरूलाई पुनर्बहाली गरिदिएको थियो । एमाले संसदीय दलले पुनर्बहालीपछि दलको सदस्यका रूपमा राजीनामा दिन पटक–पटक आग्रह र निर्देशन दिए पनि उनीहरूले संसदीय दल नै अवैधानिक रहेको भन्दै राजीनामा नदिने बताउँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस