सब–इन्जिनियरमाथि कुटपिट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सब–इन्जिनियरमाथि कुटपिट


११ असार २०७८, शुक्रबार


सप्तरी । सप्तरीमा कामै नगरी मूल्यांकन गराउन खोज्ने उपभोक्ता समितिका एक सदस्यले कर्मचारीलाई कुटपिट गरेका छन् ।

जिल्लाको खडक नगरपालिकाका सब–इन्जिनियर विश्वप्रताप झामाथि कुटपिट गरिएको हो । नगरपालिकाको वडा नम्बर ८ मा माटो र ग्राभेल काम गर्न गठन भएको उपभोक्ता समितिका सदस्य अबुल हुसैनले झालाई कुटपिट गरेका हुन् । कुटपिट गर्ने हुसैन नगरपालिकाका मेयर हेमायु हकका काका रहेका छन् ।

झाले ३ लाख बजेटको माटो र ग्राभेलको काम स्टिमेट अनुसार नगरी बलजफ्ती मूल्यांकन गर्न भन्दा आफूले नमानेको बताए । मूल्यांकन गर्न नमान्दा हुसैनले आफूलाई कुटपिट गरेको बताएका छन् ।

यसैबीच झामाथि कुटपिट गरेको विरोधमा कर्मचारीले शुक्रबार नगरपालिकाको कामकाज अवरुद्ध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस