असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्राको खोप लगाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्राको खोप लगाइने


११ असार २०७८, शुक्रबार


काठमाडौँ । सरकारले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप दिने जानकारी गराएको छ ।

भेरोसेलको पहिलो मात्रा यही जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर दिइएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप पाएका थिए ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई दोस्रो मात्राको खोप दिइने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस