प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ


११ असार २०७८, शुक्रबार


काठमाडौँ। सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब-इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको गरेको छ ।

बबरमहलबाट प्रदर्शन गर्दै माइतीघर मण्डला आइपुगेका उनीहरूलाई शुक्रवार दिउँसो माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो ।

असारपछि कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब-इन्जिनियरहरू ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस