कोरोना संक्रमणबाट वीपी प्रतिष्ठानमा थप तीन जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट वीपी प्रतिष्ठानमा थप तीन जनाको मृत्यु


११ असार २०७८, शुक्रबार


विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार मृत्यु हुनेमा धरान–११ का ७५ वर्षीय पुरुष, धरान–१३ का ४३ वर्षीय महिला र धरान ५ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानले संचालन गरेको कोभिड १९ अस्पतालमा उनीहको उपचार भइरहेको थियो ।

पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएसँगै धरान उपमहानरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस