माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पद मुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पद मुक्त


११ असार २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरु पद मुक्त भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस