निर्वाचन आयुक्त थपलियाले दिलाए नवनियुक्त आयुक्त जबरालाई पद तथा गोपनीयताको शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयुक्त थपलियाले दिलाए नवनियुक्त आयुक्त जबरालाई पद तथा गोपनीयताको शपथ


१० असार २०७८, बिहिबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् ।

निर्वाचन आयुक्त राणाले आजै पदबहाली गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ ।

हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि सवैधानिक व्यवस्थानुरुप उनको शपथ र पदबहाली भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस