प्रतिनिधिसभा विघठनविरुद्ध विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रतिनिधिसभा विघठनविरुद्ध विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन


१० असार २०७८, बिहिबार


काठमाडौँ । विभिन्न दल निकट विद्यार्थी संगठनले आज प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरका छन् ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौँ) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कोभिड–१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताइन् ।

गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस