पत्रकार महासंघसँग सहकार्य गर्दै सिन्धुका सबै स्थानीय सरकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पत्रकार महासंघसँग सहकार्य गर्दै सिन्धुका सबै स्थानीय सरकार


१० असार २०७८, बिहिबार


सिन्धुपाल्चोक । पछिल्लोपटक नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकको नयाँ कार्यसमिति चयन भएसँगै जिल्लाका स्थानीय सरकारले नेपाल पत्रकार महासंघसँगको समन्वय र सहकार्यलाई जोड दिएका छ्न ।

आम सञ्चारको विकासका लागि स्थानीय सरकारले पत्रकार महासंघसँग समन्वय र सहकार्यका लागि तदारुकता देखाएका हुन् ।

आज सम्पन्न जिल्लाका १२ स्थानीय तहका नगर तथा गाउँसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सञ्चार जगत्को सशक्त विकास र समृद्धिका लागि महासंघसंँग समन्वय र सहकार्य गर्ने उल्लेख छ । निश्चित बजेटसहित नीतिगतरुपमै स्थानीय सरकारले महासंघसँग समन्वय गर्ने प्रस्ताव पारित भएपछि सिन्धुका सञ्चारकर्मीले खुशी व्यक्त गरेका छन् ।

पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले पत्रकार र पत्रकारिताको संरक्षण, सम्बद्र्धनका लागि स्थानीय सरकारले लिएको तदारुकता र जागरुकता प्रसंशनीय रहेको बताउँदै सिन्धुका स्थानीय सरकारको यो कदम सम्भवतः नेपालमै पहिलोपटक भएको जिकिर गरे ।

नीतिगतरुपमा नै पत्रकार महासंघसँगको सहकार्यसंँगै स्थानीय पत्रपत्रिका, रेडियो र अनलाइनको संरक्षण र प्रोत्साहनका लागि स्थानीय सरकारले नीति कार्यक्रममा प्राथमिकता दिई बजेट विनियोजन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस