सुर्खेतमा असार १७ गतेसम्म लम्बियो निषेधाज्ञा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुर्खेतमा असार १७ गतेसम्म लम्बियो निषेधाज्ञा


१० असार २०७८, बिहिबार


सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।

यसअघि शनिबार बाहेक हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्दै आएका पसलहरू अब ६ देखि २ बजेसम्म खुल्ने छन् । निषेधाज्ञा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू पनि खोल्न पाइनेछ ।

यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । होटेल, रेष्टुरेन्ट र खाजा पसल भने पूर्णरुपमा बन्द हुनेछन् । तर, होम डेलिभरी भने गर्न दिइने प्रशासनले जनाएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक भने कायमै राखिएको छ । सरकारी कार्यालयका कर्मचारीहरूले पनि बिहान ९ देखि १०ः ३० र बेलुका ५ देखि ५ः ३० बजेसम्म मात्रै सवारी साधन सञ्चालन गर्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस