प्रधानमन्त्रीद्वारा मन्त्रीहरूको जिम्मेवारी हेरफेर, गृहको जिम्मा पौडेललाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूको जिम्मेवारी हेरफेर, गृहको जिम्मा पौडेललाई


१० असार २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालय आफैँसँग राखेका उनले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सिँंहदरवार स्रोतका अनुसार मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी मन्त्री वसन्तकुमार नेम्वाङलाई दिएका छन् ।

मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको सिँंहदरवार स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस