मोटरसाइकल जलाउने दुई जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकल जलाउने दुई जना पक्राउ


१० असार २०७८, बिहिबार


पक्राउ

रामेछाप । खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

यही असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३–०२–०१३ प १३ नम्बरको मोटरसाइकल तोडफोड गर्नेलाई गए राति पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए ।

आगजनी र तोडफोड गरी फरार रहेका सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी वर्ष २८ का पदमबहादुर कार्की र अर्का सोही ठेगाना भएका वर्ष ३० का लक्ष्मण खत्री रहेका छन् । अभियुक्तद्वयले उक्त वडाका स्थानीयको मोटरसाइकलमा क्षति पुराएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

रातको समयमा मादक पदार्थ सेवन गरी उक्त घटना गर्ने अभियुक्तलाई आज जिल्ला अदालतबाट मुलुकी अपराध संहिताअनुसार आपराधिक उपद्रव मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक ढुङ्गानाले बताए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अदालतबाट आपराधिक उपद्रव गरेको ठहरिएमा तीन वर्ष कैद, तीस हजारसम्म जरिवाना साथै हानी नोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसुरदारबाट पीडितलाई भराइ दिने व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस