सरकारका गतिविधिलाई लिएर सम्पादकहरूसँग अन्तरक्रिया गर्दै विपक्षी गठबन्धन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारका गतिविधिलाई लिएर सम्पादकहरूसँग अन्तरक्रिया गर्दै विपक्षी गठबन्धन


१० असार २०७८, बिहिबार


काठमाडौँ । विपक्षी गठबन्धनले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका गतिविधिलाई लिएर सम्पादकहरूसँग अन्तरक्रियाको आयोजना गरेको छ ।

बिहीबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपाली कांगे्रसका एक नेताले जानकारी दिए ।

कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बुधवार साँझ बसेको गठबन्धनको बैठकले पत्रकार, नागरिक समाज र बुजिजिवीहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस