२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाको तेस्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव

अ+ अ-

काठमाडौँ । थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाहरूका लागि आवश्यक शय्या तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पतालहरूलाई दिएको निर्देशन अनुरूप नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने अवस्थाको मध्यनजर गरी आफ्नो स्वीकृत शय्याको २० प्रतिशत बढी शय्या कोभिड १९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राखेको हो ।

नर्भिकले कोभिड १९ को अब आउनसक्ने लहरको जोखिमबाट बालबालिकालाई बचाउन शय्याको व्यवस्थापनसँगै त्यस्तो अवस्थामा स्तरीय सेवा दिने डेडिकेटेड टिमसमेत तयार गरेको छ । टिममा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरू रहेका छन् ।

नर्भिक अस्पतालले कोरोनाको सम्भावित अर्को लहरसँग जुध्ने कार्यमा राज्यले सहयोग गर्ने उद्देश्यले आवश्यक वैकल्पिक प्राणवायू(अक्सिजन) तथा अन्य सबै कामको पूर्वतयारसमेत सुरु गरिसकेको छ ।

नर्भिकले कोरोनाको दोस्रो लहरमासमेत आफूलाई कोभिड अस्पतालमा रूपान्तरण गर्दै सङ्क्रमितहरूलाई स्तरीय सेवा दिएको थियो ।

हाल कोभिड बिरामीको सङ्ख्या न्यून भए पनि कोभिडका लागि छुट्याइएको बेडहरूलाई अर्को लहरसँग जुध्न तयारी अवस्थामा राखिएको हो ।

यस्तै, नर्भिकले अभिभावकहरूलाई आफ्ना बालबालिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा गएपछि देखिने मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमका लक्षणहरू देखा परेमा तुरुन्त अस्पताल पुर्‍याउन समेत आह्वान गरेको छ ।

यो भनेको कोरोना सङ्क्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अङ्ग सुन्निने समस्या हो । यो सामान्यतया बालबालिकामा पनि कोरोना सङ्क्रमित भएको २ देखि ४ हप्तापछि देखापर्छ ।

यसका लक्षणहरूमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु लगायतका रहेका छन् ।

कोरोना सङ्क्रमित वा सङ्क्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरूलाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेख गरिएकामध्ये कम्तीमा कुनै दुई लक्षण देखा परेमा तुरुन्त अस्पताल लैजानुपर्ने विशेषज्ञ चिकित्सकहरूको सुझाव छ ।