जसपा ठाकुर पक्षको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपा ठाकुर पक्षको बैठक बस्दै


१० असार २०७८, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षको बैठक बस्दै छ । सर्वोच्चको पछिल्लो फैसलापछि ठाकुर पक्षका नेताहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेका हुन् ।

बैठक आज दिउँसो १ बजे बबरमहलमा बोलाइएको छ ।

जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो। महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए। जसपाबाट दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए। तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस