सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री


१० असार २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल सङ्गठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताए ।

भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए । उनले अगाडि मङ्सिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताएका थिए ।

ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हकसमेत नपाएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस