ग्लोबल आइएमई बैंकले मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ग्लोबल आइएमई बैंकले मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज दिने


९ असार २०७८, बुधबार


काठमाडौँ। ग्लोबल आइएमई बैंकले मुद्दती बचत खातामा ८.०१ प्रतिशत पुर्‍याएको ब्याजदर दिने भएको छ। असार १ गतेदेखि लागु हुने गरी बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरूलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जानकारी दिएको हो ।

साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङ प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ । बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्चतम प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटिएम, २५७ शाखा रहित बैङ्किङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस