मुक्का प्रहारबाट १८ वर्षीय किशोरको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुक्का प्रहारबाट १८ वर्षीय किशोरको मृत्यु


८ असार २०७८, मंगलबार


रोल्पा । मुक्का प्रहारबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा नगरपालिका –९ ह्वामाका १८ वर्षीय अबिलाश घर्तीमगर छन् ।

यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र अबिलाशका बीचमा बच्चाका अन्नप्राशनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको र सोही क्रममा धनिमानले अबिलाशलाई पेटको संवेदनशील भागमा मुक्का प्रहार गरेका बताइएको छ ।

गम्भीर घाइते अबिलाशको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले मुक्का प्रहार गर्ने धनिमानलाई पक्राउ गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस