कांग्रेस भक्तपुरबाट सिन्धुपाल्चोकका बाढीपीडितका लागि नगद र राहत सामग्री हस्तान्तरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कांग्रेस भक्तपुरबाट सिन्धुपाल्चोकका बाढीपीडितका लागि नगद र राहत सामग्री हस्तान्तरण


८ असार २०७८, मंगलबार


मध्यपुरथिमि । सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेस भक्तपुरले नगदसहित राहत सामग्री पठाएको छ ।

पार्टी कार्यालय भक्तपुरमा आज आयोजित कार्यक्रममा कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले रु तीन लाख ५१ हजारसहित राहत सामग्री कांग्रेस केन्द्रीय विपत् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गरे ।

कांग्रेसले विभिन्न नेताकार्यकर्ताबाट संकलन गरेको नगद तथा चामल दुई हजार ४७५ केजी, तेल दुई सय पोका, चिउरा, दाल, आलु, तेल, नुन, लत्ताकपडा, औषधिलगायत सामग्री बस्नेतलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नेता बस्नेतले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बु जाने सडक सञ्जाल बाढीले बिच्छेद गरेकाले जिल्ला कांग्रेसका नेताहरुले व्यवस्थापन गरेको हेलिकप्टरमार्फत सहयोग सामग्री बुधबार पीडितलाई वितरण गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस