नदीमा बगेर ११ वर्षिया बालिका बेपत्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नदीमा बगेर ११ वर्षिया बालिका बेपत्ता


प्रशासन संवाददाता

८ असार २०७८, मंगलबार


ढल

बैतडी । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् ।

साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस