आन्तरिक उडान खुला, अन्तर्राष्ट्रियस्तरमा पनि थप ९ वटा रुटमा उडान हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आन्तरिक उडान खुला, अन्तर्राष्ट्रियस्तरमा पनि थप ९ वटा रुटमा उडान हुने


८ असार २०७८, मंगलबार


काठमाडौँ । सरकारले आन्तरिक उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार मन्त्रालय र सरोकारवालाहरुसँग बैठक गरी आन्तरिक उडान कहिलेदेखि गर्ने भन्ने मिति तय गरिने जानकारी गराए ।

यसैबीच, सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ । हाल सातामा एकरएक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौँ-दोहा सातामा ४ उडान हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस