राप्रपाबाट काँग्रेस प्रवेश गरेका थापासहित ५५ जना महासमिति सदस्य मनोनीत « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राप्रपाबाट काँग्रेस प्रवेश गरेका थापासहित ५५ जना महासमिति सदस्य मनोनीत


८ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काँग्रेस प्रवेश गरेका सुनिल थापासहित ५५ जनालाई महासमिति सदस्यमा मनोनीत गरेको छ ।

पार्टी केन्द्रीय समिति निर्णयबमोजिम उनीहरूलाई महासमिति सदस्यमा मनोनीत गरिएको हो।

थापा भने काँग्रेसको सहमहामन्त्री छन् ।

थापा २०७७ साउन १३ गते काँग्रेस प्रवेश गरेका थिए । महासमितिमा थापासहित रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरीलगायत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस