प्रधानमन्त्री ओलीको भ्याकेट निवेदन भट्टराई र फुयाँलको संयुक्त इजलासमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीको भ्याकेट निवेदन भट्टराई र फुयाँलको संयुक्त इजलासमा


८ असार २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवेदनको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्द मोहन भट्टराई र हरि प्रसाद फुयाँलको संयुक्त इजलासमा तोकिएको छ ।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भ्याकेट निवेदन दिएका थिए ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कूर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्विप उल्लङ्घन गरेको भन्दै गरेको कारबाही न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो ।

यता ओलीले भने केन्द्रीय कमिटीले निर्णय गरेर दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन भएको र सो आयोजक समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको जिकिर गर्दै कारबाहीलाई मान्यता दिन माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस