यी नदीमा बढ्न सक्छ आकस्मिक बहाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यी नदीमा बढ्न सक्छ आकस्मिक बहाव


८ असार २०७८, मंगलबार


काठमाडौँ । आज देशका प्रमुख तथा मझौला नदी कनकाई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाव सामान्य रहने तथा सवैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको मापन अनुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको छ।

आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान रहेको छ। कनकाई, कमला, बागमती, पश्चिम राप्ती, बबई लगायतमा बहाव सामान्य रहने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने जनाइएको छ।

प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौँ, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लुम्बिनी प्रदेशको रुकुम, रोल्पा, पाल्पा, गुल्मी, दाङ, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपास जिल्ला भई बहने स९साना नदी जलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने अनुमान पूर्वानुमान महाशाखाको छ ।

आगामी ३ दिन देशका प्रमुख तथा मझौला नदी कनकाई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान रहेता पनि नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस