२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय जातका गाईको गहुँतले कालो ढुसीबाट बचाउने

अ+ अ-

काठमाडौँ । स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताएका छन् । श्री गोलोक गोवर्द्धन संरक्षण धाम, वैष्णव युवा परिषद् नेपाल, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलगायत संस्थाले आइतबारदेखि भर्चुअल माध्यमबाट शुरु गरेको सात दिने स्थानीय गाईको संरक्षणका लागि गोरक्षा महोत्सवका वक्ताले वैज्ञानिकरूपमा महत्व पुष्टि भएको स्थानीय जातका गाई लोप हुँदै जान लागेकाले संरक्षण गरिनुपर्नेमा जोड दिएका हुन् । पछिल्लो समय फैलन थालेको कालो ढुसीबाट बचाउन लसुन र प्याज पनि उपयोगी रहेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष स्वामी चैतन्य कृष्णले उच्च रक्तचाप र मधुमेहका रोगीलाई स्थानीय जातको गाईको दूधले फाइदा गर्ने तथा यी गाईमा पाइने कक्र्युमिन नामको तत्वले क्यान्सरलाई ठीक गर्न सहयोग गर्ने बताए । प्रकृति र पर्यावरणको संरक्षणका लागि पनि स्थानीय जातको गाईलाई जोगाउनुपर्ने उनको भनाइ थियो ।

‘गाईलाई रासायनिक मलले असर गरेको छ, रासायनिक मलले स्थानीय जातका गाई बाँच्न आवश्यक वातावरण नष्ट हुन थालेको छ, गाईको गहुँतमा सुन नै पाइएको पनि अध्ययनबाट प्रमाणित भएको छ, स्थानीय जातका गाई मानिसजस्तै हिमालय क्षेत्रमा जान सक्छन्’, स्वामी चैतन्य कृष्णले भने । मानव शरीरमा एचआइभी एड्सविरुद्ध एण्टीबडी तयार पार्न गाईको दूध उपयोगी भएको तथ्य वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छ । स्थानीय जातका गाईमा कीरा वा झिङ्गा कुनै अङ्गमा बसेमा त्योमात्र हल्लाउन सक्ने क्षमता हुन्छ । यो क्षमता जर्सीलगायत अन्य जातका गाईमा हुँदैन ।

स्थानीय जातका गाईको शरीरमा सबै देवीदेवताले बास गर्ने भएकाले गौमाताका रूपमा पूजा आराधना गर्ने वैदिक सनातनी हिन्दू परम्परा छ । वैदिक ग्रन्थमा गोचरणभूमिलाई नाश गर्ने व्यक्तिको कल्याण हुँदैन भनी व्याख्या गरिएको छ । स्थानीय जातका गाईको वैज्ञानिक अध्ययन अनुसन्धानका लागि नेपालमै पहिलोपटक कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले प्रयोगशाला स्थापना गर्ने तयारी गरेको स्वामी चैतन्य कृष्णले बताए।

नेपाल भूमिमा स्थानीय जातका गाई केन्द्रित कृषि प्रणाली, गाईमा आधारित अर्थनीति आवश्यक रहेकामा उनले जोड दिए। गाईको बिक्री, गाईलाई असहाय बनाएर छाड्ने प्रवृत्तिविरुद्ध जागरण फैलाउन सातदिने महोत्सव जुम प्रविधिबाट आयोजना गरिएको हो । भगवान् पशुपतिनाथको बास रहेको र बाबा गोरखनाथले तपस्या गर्नुभएको नेपाल भूमिमा वेदलक्षणा स्थानीय जातका गाईको दिगो पालनाले नै देशको संरक्षण हुने कार्यक्रमका अधिकांश वक्ताको भनाइ थियो ।

जरोकिलो महाअभियानका अध्यक्ष सह प्रा डा निर्मलमणि अधिकारीले वैदिक ज्ञानमा पुनर्जागरण शुरु भएकाले स्थानीय जातका गाईको पनि संरक्षण हुने वातावरण बनेको बताए। वैदिक गुरुकुल विगत १०० वर्षमा अहिले सबैभन्दा बढी पुगेकाले स्थानीय जातका गाईको संरक्षणमा गुरुकुलले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । विसं २०१८ मा स्थानीय जातका गाईलाई बढी दूध दिने बनाउन सुई लगाउन शुरु गरेपछिदेखि नै यसको अस्तित्व सिध्याउन शुरु गरिएको अधिकारीले बताए । दूध बढाउन गौमातालाई यन्त्र बनाएकाले लोप हुने अवस्थामा पुगेको जनाइएको छ । विसं २०२८ मा संविधानमा हिन्दू राज्य उल्लेख गरिए पनि गौमाता एवं लक्ष्मीका रूपमा पुजिने स्थानीय जातका गाई नाश गर्ने अभियान शुरु भएको थियो ।

विसं २०२८ मा आएको नयाँ शिक्षाले धार नै परिवर्तन गरी नेपालको मौलिक विषयवस्तुलाई पन्छाउँदै गएपछि स्थानीय जातका गाईलगायत देशको पहिचानका मौलिकता बोकेका कुरा क्रमशः हराउन शुरु भएको अध्येता अधिकारीको भनाइ छ । हिन्दू जागरणका अध्यक्ष रामकृष्ण उपाध्यायले ‘गावो विश्वस्य मातर ः’ अर्थात् गाई विश्वकै आमा भनी शास्त्रमा वर्णन गरिएबाटै यसको महत्व झल्कने बताए। स्थानीय जातका गाईको सेवाका लागि प्रत्येक नेपालीबाट सहयोग जुटाउने अभियान चलाउनुपर्ने उनको भनाइ थियो ।

आयोजक समितिका अध्यक्ष स्वामी नन्दकिशोरले सडकमा वृद्ध गाई र गोरु धेरै अलपत्र परेको बताए। यस्ता गाईलाई गिद्धले समस्या बनाउँदै लगेको उनको भनाइ थियो । महोत्वसव आगामी शनिबारसम्म जुम प्रविधिबाट जारी रहने जनाइएको छ । कार्यक्रममा स्थानीय जातका गाईको संरक्षणका लागि सहयोगसमेत गर्न सकिने जनाइएको छ ।