२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा

अ+ अ-

जाजरकोट । दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ छ । स्नानकक्ष, शौचालय र खानेपानीको समस्या पनि उस्तै छ ।

आफ्नै भवन भएको ठाउँमा समेत छाना चुहिँदा बस्न योग्य नभएको प्रहरीले गुनासो पटक–पटक गरे पनि मागको सुनुवाइ भएको छैन । चुहिने कच्ची भवनमा सास्तीका साथ दैनिक सेवामा जुटिरहेको प्रहरीले बताएको छ । जिल्ला सदरमुकामको भेरी नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको भवन जीर्ण हुँदा कतिखेर भत्किन्छ भनेर रातभरि प्रहरीलाई निद्रा नलाग्ने गरेको बताउँछन् ।

प्रहरी नगरपालिकाको स्यालामा भाडाको भवनमा बसिरहेको छ । त्यस्तै वडा नं १ रिम्नामा आफ्नै भवन भए पनि खानेपानीको अभावमा समस्या हुँदै आएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक मधु थापाले बताए । भेरी–११ जगतीपुर, वडा नं १२ मटेला, वडा नं १३ मा खरको छानो चुहिने खानेपानी र शौचालयको समस्या रहेको छ । भेरी–३ ठाटीमा भवन अभाव तथा पहिराको जोखिममा रहेका कारण समस्या हुँदै आएको छ ।

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ गर्खाकोटमा भाडाको घर र वडा नं ९ पन्चाला दहमा जीर्ण भवनमा बसेर काम भइरहेको र शौचालयको समस्याले गर्दा हैरान भएको प्रहरीले बताएका छन् । बारेकोट गाउँपालिकाको वडा नं १, २, ५ र ८ मा भाडाको भवनमा बस्न बाध्य भएको प्रहरीले बताएका छन् ।

त्यस्तै नलगाड नगरपालिका–८ मैदेमा भाडामा रहेको भवनमा शौचालय नहुँदा समस्या भएको छ । वडा नं ११ मा समेत भाडामै घरमा प्रहरी चौकी छ । कुशे गाउँपलिका–३ अछार्नीमा रहेको प्रहरी चौकीमा स्नानकक्ष नहुँदा प्रहरीलाई सरसफाइमा समस्या पर्नुका साथै भान्सामा पानी चुहिने हुँदा खाना पकाउन मुस्किल हुने गरेको छ । भाडामा रहेको यस भवन कच्ची माटोले बनेका कारण दैनिक समस्या हुँदै आएको प्रहरीले बताएको छ ।

छेडागाड नगरपालिका–३ दशेरामा रहेको प्रहरीको आफ्नै भवन चुहिँदा प्रहरीलाई सुत्न समस्या हुँदै आएको छ । शिवालय गाउँपालिका–१ छेडाचौरमा भान्साघर चुहिँदा खाना पकाउन मुस्किलका साथै खानेपानीको अभावमा भेरी नदीको फोहर पानी पिउन बाध्य भएको प्रहरीले बताएको छ । वडा नं ५ को थालारैकरको भवनसमेत भाडामा रहेको छ ।

गाउँमा रहेको प्रहरी चौकीमा बत्ती, खानेपानीलगायतको समस्या हुँदै आए पनि समस्या बुझ्ने कोही नभएको प्रहरीको भनाइ छ । सदरमुकामस्थित जिल्ला कार्यालयबाट गाउँमा रहेका प्रहरी चौकीमा सम्पर्क गर्न खोजे पनि समयमै सम्पर्क हुन नसक्ने अवस्था रहेको जाजरकोटका प्रहरी प्रमुख थापाले बताए । पर्याप्त दरबन्दीसमेत नभएका कारण दैनिक काममा समेत बाधा पुग्दै आएको छ । आकाशमा बादल लाग्ने बित्तिकै प्रहरी चौकीमा सम्पर्क टुट्ने गरेको प्रमुख थापाले जानकारी दिनुभयो । बस्न, खानाका साथै सुत्नका लागिसमेत निकै अप्ठ्यारो हुँदै आएको छ ।

प्रहरीको सञ्चार सेट तथा नेपाल टेलिकमको सेवाले काम नगर्दा दैनिक काम कारवाहीमा समस्या भोग्नुपरेको प्रहरीले बताएका छन् । गाउँमा कच्ची माटाले बनेका घरमा बसेर सेवा दिँदा आफैँ कतिबेला घर भत्किन्छ भन्ने डरले चिन्ता हुने गरेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।