आज यी छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज यी छ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह


८ असार २०७८, मंगलबार


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावका कारण आज आंशिक देखि सामान्य बदली रहेको छ । आज प्रदेश नम्बर २ र बागमती प्रदेशका एक दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा पनि भएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली नै रहने र हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तै आज प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस