हुम्लाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हुम्लाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली


८ असार २०७८, मंगलबार


सिमकोट । हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ ।

वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् । चार वर्षअघि शुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना सम्पन्न भएर शनिबारदेखि वडा नं ६ का सबै नागरिकले बाल्न पाएको स्थानीयवासी मक्कवीर बुढाले जानकारी दिए ।

उनका अनुसार आयोजनाका प्रबन्धक छक्कबहादुर मल्ल, इन्चार्ज करण बुढथापालगायतको टोलीले प्राविधिक पक्षमा मेहनत गरी गाउँलाई झिलिमिली बनाउन सफल भएको हो । अहिले वडा नं ६ का गाउँमा मात्रै बिजुली बलेको भए पनि आयोजनाको क्षमता बढाएर केही महिनापछि पूरै चङ्खेली गाउँपालिकाभरि सञ्चालनमा ल्याउने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस