पूर्वराज्यमन्त्रीको निधनप्रति प्रदेश प्रमुख कलौनीद्वारा दुःख व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वराज्यमन्त्रीको निधनप्रति प्रदेश प्रमुख कलौनीद्वारा दुःख व्यक्त


६ असार २०७८, आइतबार


कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्द्रपासाद कलौनीले पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख कलौनीले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘पञ्चपुरी नगरपालिका ११ सुर्खेत कुइने निवासी समाजसेवी तथा पूर्व संविधानभसा सदस्यसमेत भईसक्नुभएका विष्टको उपचारको क्रममा काठमाडौँमा आज बिहान भएको निधनले स्तब्ध बनाएको छ ।’ उनले यस शोकको घडीमा स्वर्गीय विष्टको मृत आत्माको चीरशान्तिको कामनाका साथै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस