२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री नेपालीलाई काेभिड–१९ को खोप उपलब्ध गराउन परिवर्तन नेपालको ज्ञापनपत्र

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल समक्ष हाम्रो परिवर्तन नेपालले आम सर्वसाधारणलाई केभिड–१९ को खोप उपलब्ध गराउन यथाशीघ्र पहल गर्नुपर्नेसहित विभिन्न १३ बुँदे माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा कोभिड–१९ को रोगथाम र नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाको कारण अप्ठेरोमा परेका सर्वसाधारणका लागि सहुलियत पसल सञ्चालन गर्नुपर्ने, समुदायका अतिविपन्न परिवारलाई अस्थायी रासन कार्डको व्यवस्था गर्नुका साथै घरभाडामा पनि केही छुटको व्यवस्था मिलाउन पहल गर्नुपर्ने उल्लेख छ ।

संस्थाका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ र सचिव हरि कार्कीद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा महामारीका समयमा गरिएका कार्यक्रमको साप्ताहिक रुपमा विवरण सार्वजनिक गर्नुपर्ने, स्वास्थ्य विमालाई सर्वसुलभ एवं प्रभावकारी बनाउनुपर्ने, कोरोना भाइरसबाट प्रभावित व्यवसायीलाई छ महिनाको व्याज छुटसहित त्यसपछि सहुलियत दरमा ऋण उपलव्ध गराउनु पर्ने उल्लेख छ ।

प्रदेशका मन्त्री तथा प्रदेशसभा सदस्यहरुले उपचार सेवा सरकारी अस्पतालबाटै लिनुपर्ने, सार्वजनिक तथा निजी शैक्षिक संस्थाले एक जना नर्स दरवन्दी कायम गर्नुपर्नेमा जोड दिंदै ज्ञापनपत्रमार्पmत माग गर्दै महामारीको बेला अग्रपङतीमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मीलगायतलाई निmशुल्क खाद्यान्न एवं स्वास्थ्य सेवाको व्यवस्था मिलाइनु पर्नेमा जोड दिइएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका शैक्षिक संस्थाले विगत १८ महिनासम्म परीक्षा सञ्चालन नगरेको कारण आम विद्यार्थीहरु ठूलो मर्कामा परेकाले कुनै पनि वैकल्पिक विधिबाट परीक्षा लिने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गर्दै भिडभाड कम हुने प्रकृतिका व्यवसायहरुलाई यथाशीघ्र सञ्चालनको लागि पहल गर्न माग गरिएको छ ।