मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एकको शव फेला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एकको शव फेला


६ असार २०७८, आइतबार


सिन्धुपाल्चोक । यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ ।

बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस