स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा


६ असार २०७८, आइतबार


स्याङ्जा । स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ ।

गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस