बागमतीका नेताहरूसँग देउवाको छलफल जारी, गण्डकीका नेताहरूसँग पनि आजै भेट्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बागमतीका नेताहरूसँग देउवाको छलफल जारी, गण्डकीका नेताहरूसँग पनि आजै भेट्ने


६ असार २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा १४ औँ महाधिवेशनबाट पुनः सभापति बन्न आफू निकटका नेताहरूसँग छलफलमा जुटेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा सातै प्रदेशका काँग्रेसका नेताहरूलाई पालै पालो छलफलका लागि बोलाएका छन् ।

प्रदेश १ र २ का नेताहरूसँग छलफल गरिसकेका उनले आइतबार बागमती प्रदेशका नेताहरूलाई बोलाएका छन् । अहिले बागमती प्रदेशका नेताहरूसँग सभापति देउवाको छलफल जारी छ । छलफलमा कृष्ण प्रसाद सिटौला पक्षका नेता शिव हुमागाईँ पनि सहभागी छन् ।

बागमती प्रदेशका नेताहरूसँगको छलफल पछि अजै गण्डकी प्रदेशका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको छ । सभापति देउवाले आगामी महाधिवेशनबाट पनि पार्टी सभापति आफै बन्ने बताउँदै आएका छन् । उनले आफ्नै नेतृत्वमा पार्टी बलियो हुने दाबी गर्दै आएका छन् ।

शनिवार प्रदेश २ का नेताहरूसँगको छलफलमा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस