डब्ल्यूएचओका महानिर्देशकले गरे मुस्ताङका स्वास्थ्यकर्मीको कामको प्रशंसा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डब्ल्यूएचओका महानिर्देशकले गरे मुस्ताङका स्वास्थ्यकर्मीको कामको प्रशंसा


५ असार २०७८, शनिबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले गरेको कामको प्रसंसा गरेका छन् ।

महानिर्देशक डा. गेहब्रेयसले स्थानीय छापताङ खोलामा आएको बाढीका कारण स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका हुन्।

असार १ गते ६० बर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना खोपको दोस्रो डोज लाउने तालिका अनुसार खोप लैजाने क्रममा खोलामा आएको बाढीले खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेका थिए । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरुमाझ भाइरल भइरहेको यो दृश्यलाई डब्ल्यूएचओका महानिर्देशकले ट्वीट गर्दै उच्च प्रशंसा गरेका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस