म सभापतिमा फेरि लड्छु : देउवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

म सभापतिमा फेरि लड्छु : देउवा


५ असार २०७८, शनिबार


नेपाली काङ्ग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले १४ औँ महाधिवेशनमा आफू फेरि सभापतिका लागि लड्ने सङ्केत गरेका छन् । शनिवार आफू निकट केन्द्रीय सदस्यहरूसँगको छलफलमा उनले आफू सभापतिमा दोहोरिने जानकारी दिए ।

देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौँ, अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठुलो बनाउँछु र सरकारको नेतृत्व गरेर काँग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

सभापति देउवाले पार्टीलार्य सबैभन्दा ठुलो बनाउने बताएको ती नेताले जानकारी दिए ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला सङ्ग्रौला, सुजाता परियारलगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस