भारतीय धावक मिल्खा सिंहको निधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतीय धावक मिल्खा सिंहको निधन


एजेन्सी

५ असार २०७८, शनिबार


काठमडौँ । भारतीय धावक मिल्खा सिंहको निधन भएको छ। ९१ वर्षिया सिंहको कोरोना भाइरसको सङ्क्रमण भएपछि उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको चण्डीगढस्थित अस्पतालमा उपचारका क्रममा शुक्रवार राति साढे ११ बजे निधन भएको हो। उनलाई मे २० तारिखमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।

जुन ३ तारिखमा अस्पताल भर्ना भएका उनलाई जुन १३ तारिखसम्म आइसीयूमा राखिएको थियो। यसपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। तर, फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको ज्यान गएको हो ।

पाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो।

सिंह स्वतन्त्र भारतका पहिलो धावक हुन् । १९६० मा कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेका थिए। उनी भारतीय सेनामा पनि थिए। सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् । उनी ‘फ्लाइङ सिख’को उपनामबाट परिचित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस