सहुलियतको चामल किन्न उपभोक्ताको भीड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहुलियतको चामल किन्न उपभोक्ताको भीड


४ असार २०७८, शुक्रबार


झापा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विर्तामोडमा सहुलियत मूल्यमा चामल बिक्री गर्न शुरुआत गरेको छ । चालक किन्न स्थानीय उपभोक्ताको भीड लागेपछि कम्पनीले कुपन प्रणाली लागू गरेको जनाएको छ । कुपन प्रणालीबाट बिक्री वितरण व्यवस्थित गरिएको कम्पनीको प्रमुख देबेन्द्र राईले जानकारी दिए ।

निषेधाज्ञाको अवधिभर २० प्रतिशत छुट मूल्यमा चामल बिक्री गरिरहेको कम्पनीले जनाएको छ । कार्यालयबाट दैनिक २०० जनाले सहुलियतको चामल खरिद गरेर लैजाने गरेका छन् । गत जेठ २१ गतेदेखि २८० क्विन्टल चामल बिक्री भइसकेको छ ।

यसअघि ३० केजी सोना मन्सुली चामल एक हजार ४१० मा बेच्ने गरिएकोमा अहिले सहुलियत दिएर एक हजार १२८ मा बिक्री गरिरहेको कम्पनीले जनाएको छ । यसअघि एक हजार ६२५ मा २५ केजीको स्टिम जिरा मसिनो चामल बिक्री हुने गरेकोमा सहुलियत दिएर अहिले एक हजार ३०० मा विक्री गरिरहेको उनले बताए । कार्यालयमा हाल १४ हजार ५०० क्विन्टल स्टकमा रहेको र यहाँबाट काठमाडौँ, सुर्खेत, ताप्लेजुङलगायतका जिल्लामा चामल ढुवानी गरिदै आएको कम्पनी प्रमुख राई जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस