बाढीपहिरो पीडितलाई १० लाख सहयोग « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बाढीपहिरो पीडितलाई १० लाख सहयोग


४ असार २०७८, शुक्रबार


काठमाडौँ । भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पहिरोका कारण मानवीय तथा भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको बैठकले सो रकम एभिन्युज टेलिभिजनमार्फत प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईंले आज एक विज्ञप्ति जारी गरी बताए ।

परिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै गत वर्ष पनि कोरोना सङ्क्रमण पीडितका लागि सातै प्रदेशमा खाद्यान्न, स्वास्थ्य सामग्री र मास्क गरेर ३१ लाख ३० हजार प्रदान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस