गोरखामा थप एक हप्ता निषेधाज्ञा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गोरखामा थप एक हप्ता निषेधाज्ञा


४ असार २०७८, शुक्रबार


गोरखा । गोरखामा निषेधाज्ञाको अवधि एक हप्ता थपिएको छ ।

जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले यही असार १२ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेको हो । यसअघिको बैठकले असार ५ गतेसम्मका लागी निषेधाज्ञा जारी गरेको थियो ।

पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री वितरण गर्ने पसलहरु संचालन गर्न पाइने छ । बिहान ५ बजे देखि दिउँसो १ बजेसम्म खुल्न पाउने निर्णय बैठकले गरेको हो । सामुदायिक बिद्यालयको हकमा पुस्तक व्यवसायीले आवश्यक पुस्तक बिद्यालयसम्म पुर्‍याइदिनुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस