संघीयतालाई बलियो बनाउन डटेर लागे प्रदेश सरकारलाई सहयोग गर्छौं: पृथ्वीसुब्बा गुरुङ « प्रशासन
Logo ७ आश्विन २०७८, बिहिबार
   

संघीयतालाई बलियो बनाउन डटेर लागे प्रदेश सरकारलाई सहयोग गर्छौं: पृथ्वीसुब्बा गुरुङ


४ असार २०७८, शुक्रबार


काठमाडौँ । नेता पृथ्वीसुब्बा गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लागे प्रदेश सरकारलाई सहयोग गर्ने बताएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताएका हुन् ।

उनले भने, ‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ । संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’

संघीयताको चर्को कुरा गर्ने, तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले संघीयता कार्यान्वयनमा काठमाडौँका नेताहरुको मानसिकतामा समस्या रहेको बताएका छन् । तर शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने उनले बताए ।

गुरुङले मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबैभन्दा परिपक्क र सालिन नेतृत्व भएको बताए । राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएकोसमेत उनले बतए ।

पोखरेलले आफू नेतृत्वको सरकारलाई मत मागेको भन्दै उनले भने, ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस