बाढीपहिरो खोज र उद्धारमा सेना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाढीपहिरो खोज र उद्धारमा सेना


३ असार २०७८, बिहिबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ।

सेनोले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ ।

बाढीका कारण भत्किएका÷पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । काभ्रेपलाञ्चोक तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खटिएको टोलीले एक नेपाली र ३ चिनियाँको उद्धार गरेको जनाइएको छ ।

मनाङको चामेस्थित सिरनतालबाट २४ र थोंचेबाट ११ बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा पु¥याइएको छ । म्याग्दीको मंगला गाउँपालिका–४ मा पहिरामा पुरिएर सिकिस्त घाइते भीमकला बुढा मगरलाई थप उपचारका लागि हेलिकप्टरद्वारा पोखरा ल्याइएको सेनाले जनाएको छ ।
सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा खोलाको वहाव बढेपछि खेतमा काम गरिरहेका किसान फसेको हुंँदा खोला पार गर्न पनि सेनाले सहयोग गरेको छ । मुस्ताङको घबरजंग गाउँपालिका–५ र गुल्मीको रेसुङ्गा नगरपालिका–२ का बासिन्दाका घरमा पहिराले क्षति पु¥याएकामा सेनाले उद्धार गरेको थियो ।

कास्कीको मादी गाउँपालिका–२ मा निर्माणाधीन सुपरमादी जलविद्युत् आयोजनाको कलबन्दीमा सुरुङ्ग निर्माणमा संलग्न अलपत्र परेका १६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउन सहयोग गरिएको निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस