टुङटुङ लेकका पहिरामा चार जना बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टुङटुङ लेकका पहिरामा चार जना बेपत्ता


३ असार २०७८, बिहिबार


बालक बेपत्ता

सिञ्जा । जुम्लाको पातारासी गाउँपालिका लेखिढुङ्गा टुङटुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन ।

सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन । पहिरोमा घाइते भएका मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरोमा परी घाइते भएका अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।

उनीहरु जडिबुटी खोज्न पाटन गएका बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले भने, ‘मौसममा सुधार हुने बित्तिकै हवाई बेपत्ताको खोजी शुरु हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस