काठमाडौँ महानगरले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड सहयोग गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ महानगरले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड सहयोग गर्ने


३ असार २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार (आज) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

उक्त रकम भौतिक पूर्वाधार निर्माणमा खर्चका लागि दिइने शाक्यले बताए । हेलम्बु र मेलम्चीले काठमाडौँलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस